जग्गा एक जनाको, लालपूर्जा अर्कैको

जग्गा एक जनाको, लालपूर्जा अर्कैको

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतबाट फैसला भएको एउटा अर्को मुद्दाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । विशेष अदालतबाट फैसला भएको उक्त मुद्दामा चित्त नबुझेपछि आयोगले सर्वोच्च गुहारेको बताइएको छ । 

आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार गलत कागजात र प्रमाणको आधारमा सरकारी कर्मचारीले भ्रष्टाचार गरेको तथ्य फेला परेपछि विशेषमा मुद्दा दायर गरिएको थियो ।

नक्कली कागजपत्रका आधारमा एक जनाको जग्गा अर्कोको नाममा पास गरेर भ्रष्टाचार गरेकोमा मालपोत कार्यालय धरान, सुनसरीका तत्कालिन मालपोत अधिकृत फणिन्द्र भट्टराईसहित चार जनाविरुद्ध आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो । 

विशेष अदालतले गत असार २५ गते प्रतिवादीहरुलाई कसुरको दाबीभन्दा फरक र कम सजाय हुने फैसला सुनाएपछि त्यसप्रति चित्त नबुझेको जनाउँदै अख्तियार सर्वोच्च पुगेको हो ।
 

टिप्पणीहरू