अदालतको फैसला रोकाउन घुस खाएको आरोपमा असई र हवल्दार पक्राउ

अदालतको फैसला रोकाउन घुस खाएको आरोपमा असई र हवल्दार पक्राउ

महोत्तरीका दुई प्रहरी कर्मचारी घुस काण्डमा समातिएका छन् । कान्तिबजार चौकीका इञ्चार्जसमेत रहेका असई शर्माप्रसाद यादव र वरिष्ठ हवल्दार मन्जितकुमार झालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुससहित नियन्त्रणमा लिएको हो । 

उनीहरुमाथि अदालतको फैसला कार्यान्वयन नगराउन सेवाग्राहीबाट २० हजार रुपैयाँ घुस लिएको अभियोग लागेको छ । आयोगको बर्दिबासबाट खटिएको टोलीले हिजो महोत्तरीको गौशाला नगरपालिका–१२, स्थित गैरीटोलबाट दुबैजना रंगेहात पक्राउ परेको अख्तियारले जनाएको छ  । 

व्यक्तिले लिजमा लिएर भोगचलन गर्दै आएको जग्गामा खेतीपाती तथा व्यवसाय गर्न बाधा पुर्याएको भन्दै जिल्ला अदालत महोत्तरीमा मुद्दा दायर गरिएको थियो । अदालतले अवरोध रोकी विद्यालयले ठेक्का दिई भोगचलन गर्न चलन पूर्जी दिएको सो जग्गा र जग्गामा भएको फलफूल, खेतीपाती उपभोग गर्न कुनै प्रकारको अवरोध सिर्जना नगर्न फैसला सुनाएको थियो । 

आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार असई यादव र वरिष्ठ हवल्दार झाले अदालतबाट भएको फैसला कार्यान्वयन नगर्नका लागि छलफल गराउने भनी सेवाग्राहीसँग घुस लिएको खुलेको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

टिप्पणीहरू