प्रधानाध्यापकलगायत तीन जनालाई केही दिन हिरासतमा राख्न आदेश

प्रधानाध्यापकलगायत तीन जनालाई केही दिन हिरासतमा राख्न आदेश
सुन्नुहोस्

बालिका शालिन पोखरेल मृत्यु प्रकरणमा पक्राउ परेका तीन जनालाई थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न तेस्रो पटक म्याद थपिएको छ । 

चितवन जिल्ला अदालतले अनुसन्धानको काम अझै बाँकी रहेको जनाउँदै उनीहरुलाई हिरासतमा राख्न तेस्रो पटक म्याद थप गरिदिएको छ । अदालतले यसअघि चार दिन र त्यसअघि सात दिन म्याद थप गरिदिएको थियो । 

फागुन १२ गते रत्ननगरस्थित एकता शिशु निकेतन स्कुलकोे होस्टलमा शालिन झुण्डिएको अवस्थामा फेला परेकी थिइन् । उनका परिवारले बालिकाको बलात्कारपछि हत्या भएको दावी गर्दै जाहेरी दिएपछि स्कुलका प्रिन्सिपल बालहरी देवकोटा, भाइस प्रिन्सिपल किरणबहादुर अधिकारी र होस्टलका वार्डेन कमल पौडेल पक्राउ परेका हुन् ।

तर यसबीचमा शव पोस्टमार्टम रिर्पोट र सुसाइड नोट परिक्षणको आधारमा शालिनले आत्महत्या गरेको ठहर भइसकेको छ । तर, परिवारले अझै पनि बलात्कारपछि हत्या गरिएको दावी गरिरहेका छन् । शवको अन्त्येष्टि पनि गरिसकिएको छ ।
 

टिप्पणीहरू