काँग्रेस सशक्त प्रतिपक्षको भूमिकाको तयारीमा
नेपाली काँग्रेसले पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको बैठक बोलाएको छ । सभापति शेरबहादुर देउवाले संघीय संसदमा पार्टीको प्रतिपक्षी भूमिकाबारे छलफल गर्न पदाधिकारी र पूर्वपदाधिकारीहरूको संयुक्त बैठक बोलाएको बताइएको छ ।
बैठक आज दिउँसो ३ बजे सभापति निवास बूूढानीलकण्ठमा बस्दै छ । संसदमा पार्टीले खेल्ने र निर्वाह गर्ने भूमिका सम्बन्धमा बैठकमा विस्तृत रुपमा छलफल गर्न लागिएको एक जना पदाधिकारीले बताए ।
टिप्पणीहरू