पोखराकी युवती जनकपुरको होटलमा बलात्कृत

पोखराकी युवती जनकपुरको होटलमा बलात्कृत
सुन्नुहोस्

जनकपुरको एक होटलमा घाइते अवस्थामा भेटिएकी युवतीको मृत्यु भएको छ ।  पोखरा घर भएकी २७ वर्षीया खुस्बु सुनारको आज बिहान मृत्यु भएको हो । 

उनी बिहान ८ बजेतिर जनकपुरधामको सिटी स्टार फेमिली होटेलमा बेहोस अवस्थामा भेटिएकी थिइन् । होटलका कर्मचारीले खबर गरेपछि प्रहरीको टोली तत्काल घटनास्थल पुगेको थियो । 

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी रञ्जन अवाका अनुसार युवती बेडमा बेहोश अवस्थामा पल्टिरहेकी थिइन् । उनलाई उपचारको लागि प्रादेशिक अस्पताल लगिएको थियो । तर उपचारको क्रममै युवतीको मृत्यु भएको डिएसपी अवाले बताए । 

होटलमा युवतीसँग अन्य दुई जना युवक पनि बसेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । तर अहिले दुवै युवक फरार छन् । युवतीलाई दुई युवकले सामुहिक बलात्कार गरेको प्रहरीको अनुमान छ । 

फरार रहेका ती युवकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
 

टिप्पणीहरू