विदेशमा नेपाली पासपोर्टको बिजोग
मैले ४–५ वर्षअघि भोगेको छु, थाइल्याण्डको फुकेटमा इमिग्रेसनमा एउटा पुलिसले यस्सो मुख हेर्यो र स्पेशल लाइनमा राख्यो, त्यहाँ युरोपियन र अन्य एशियाली देशका २०–३० जना यात्रु थिए ।
मेरो पासपोर्टको कभर खोलेर हेर्नासाथ ३००–४०० जनाको लाइनमा राख्दियो ! मैले म चाइनिज ट्राभल ग्रुपसँगै आएको हुँ र मसँग अग्रिम भिजा पनि छ भनें, अहँ सुनेन ! मसँगै गएका चाइनिजहरूसँग कुनै भिजा थिएन तर उनीहरू स्पेशल लाइनबाट १० मीनेटमै पारी गए ‘.. तर मेरो पालो करिव २ घण्टामा पनि नआएपछि टुर गाइडले त्यहाँको हाकिमलाई सोर्स लगाएछ र दुवै आएर मलाई ती पास गराए नत्र अर्को १ घण्टा लाइनमा उभिनुपथ्यो !
कुरिरहेका ती १८–२० जना सामान्य चाइनिज र मेरै चाइनिज स्टाफहरू पनि मलाई गिज्याउँदै थिए ! मलाई यति ह्युमिलियट भयो कि १–२ दिनसम्म मुडमा फर्किन पनि गाह्रो परेको थियो, बिस्तारै जहाँं गयो त्यहाँ आफूले सकेको राम्रो पर्फर्मेन्स गरेपछि ती सबैले मान्न थाले । छुट्टिदासमेत सबैजना रुँलाझैं गरेको र त्यो गुमेको इज्जत अलिकता भएपनि फर्केको महसुस भयो । यो कुरा म मरुञ्जेल बिर्सन सक्दिन !
– राजकुमार खड्का, इयु चच्याङ
टिप्पणीहरू