शिक्षिकाको शैक्षिक प्रमाणपत्र नक्कली

शिक्षिकाको शैक्षिक प्रमाणपत्र नक्कली

तनहुँको व्यास नगरपालिकास्थित बालमन्दिर माध्यमिक विद्यालयमा कार्यरत शिक्षिका सुनिता उपाध्यायविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । 

नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा नियुक्ति लिएको आरोपमा गरिएको अनुसन्धान पश्चात् अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको जनाएको छ ।

उपाध्यायले भारतको वाराणसीस्थित माध्यमिक शिक्षा परिषद्बाट लिएको हाईस्कुल तहको झुट्टा शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी नियुक्ति लिएको पाइएको हो ।

नक्कली प्रमाणपत्रको आधारमा नियुक्ति लिएर सरकारी लाभ र सुविभा उपभोग गरेको जनाउँदै आयोगले उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ बमोजिम विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो ।

टिप्पणीहरू