पहिले सुन्नुपर्ने, अनि मात्रै थुन्नुपर्ने बैंकरहरुको माग

पहिले सुन्नुपर्ने, अनि मात्रै थुन्नुपर्ने बैंकरहरुको माग

प्रभु बैंकका १० जना कर्मचारीलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गरिने भएको छ । उच्च अदालत पाटनले उनीहरुलाई हिरासतमा राखेर अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई अनुमति दिएको छ ।

फागुन १५ गते प्रभु बैंकका डिसिईओ मनोज न्यौपानेसहित १० जना कर्मचारी पक्राउ परेका थिए । उनीहरुले तत्कालीन सेञ्चुरी कमर्सियल बैंकमा रहँदा कर्जा प्रवाहमा अनियमितता गरेको आरोप छ । 

बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले भने उनीहरुलाई यथाशिघ्र रिहा गर्न आग्रह गरेको छ । पहिले कुरा सुन्नुपर्ने र त्यसपछि मात्रै थुन्नुपर्ने बैंकरहरुको माग छ ।

टिप्पणीहरू