प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत प्राप्त
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत प्राप्त गर्नुभएको छ ।
प्रतिनिधिसभामा आज भएको मतविभाजनमा कूल २६८ मध्ये प्रधानमन्त्रीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा १५७ मत परेको हो । विपक्षमा ११० मत परेको छ भने एक सांसद तटस्थ बसेका छन् ।
नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीका सांसदहरुले पक्षमा मतदान गरे । त्यस्तै, स्वतन्त्र सांसदको मत पनि प्रधानमन्त्रीको प्रस्तावको पक्षमा परेको छ ।
नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रतिनिधिसभामा प्रधानमन्त्री प्रचण्डले विश्वासको मतका लागि प्रस्ताव गर्नुभएको थियो । प्रस्ताव राख्नेक्रममा प्रधानमन्त्री प्रचण्डले देशमा देखिएका समस्या समाधान गर्नका लागि विश्वासको मत दिन आग्रह गर्नुभएको थियो । सो अवसरमा उहाँले देशको जनताको पक्षमा निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
टिप्पणीहरू