हटाइएको स्थानमा सिफारिस भएका प्रदेश प्रमुखहरुको नियुक्ति बाँकी

हटाइएको स्थानमा सिफारिस भएका प्रदेश प्रमुखहरुको नियुक्ति बाँकी
सुन्नुहोस्

तीन वटा प्रदेशका प्रमुख पदमुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले तीन प्रदेशका प्रमुखलाई सरकाको सिफारिसमा आज पदमुक्त गर्नुभएको छ । 

नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम मधेश प्रदेशका प्रमुख हरिशंकर मिश्र, गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङ्ग र सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीलाई पदमुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । 

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ती प्रदेश प्रमुखलाई हटाउन राष्ट्रपति पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । त्यस्तै, मधेशको नयाँ प्रदेश प्रमुखमा सुमित्रा भण्डारी, गण्डकीमा डिल्लीराज भट्ट र सुदूरपश्चिममा नजिर मियाँलाई नियुक्त गर्न पनि सोही दिन सिफारिस गरिएको हो ।

टिप्पणीहरू