वडाध्यक्षले बुझे बितिसकेकी आमाको नामको सामाजिक सुरक्षा भत्ता

वडाध्यक्षले बुझे बितिसकेकी आमाको नामको सामाजिक सुरक्षा भत्ता

सल्यानको शारदा नगरपालिका वडा नम्बर ३ का तत्कालीन वडाध्यक्ष टोपबहादुर थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा उनीविरुद्ध मुद्दा दायर गरेको जनाएको छ ।

वडाध्यक्ष थापाले निधन भइसकेकी आमाको नाममा आफैंले वृद्धभत्ता बुझेको पाइएपछि अख्तियारले मुद्दा दायर गरेको हो । आर्थिक वर्ष २०७४/०७५ देखि ०७६/०७७ सम्म कुल ५१ हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता बितिसकेकी आमाको नाता जनाई बुझिलिएको अख्तियारले दाबी गरेको छ ।

उनीमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ बमोजिम ५१ हजार रुपैयाँ बिगो कायम गरी जरिवाना र कैद मागदाबी गरिएको छ ।

टिप्पणीहरू