प्रदेश प्रमुखहरुलाई शीतल निवासमा शपथ

प्रदेश प्रमुखहरुलाई शीतल निवासमा शपथ

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रदेश प्रमुखहरुलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।

राष्ट्रपति कार्यालय, शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले मधेश प्रदेशका प्रमुख सुमित्रा भण्डारी, गण्डकीका प्रमुख डिल्लीराज भट्ट र सुदूरपश्चिमका प्रमुख नजिर मियाँलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको बताइएको छ ।   

राष्ट्रपतिले मन्त्रिपरिषद्को अस्तिको निर्णय एवम् सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा (२) अनुसार उहाँहरूलाई प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको हो । 

समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाललगायत संवैधानिक अंगका प्रमुखहरुको उपस्थिति थियो ।

टिप्पणीहरू