नातिद्वारा हजुरआमाको हत्या, गाडिएको शव पाँच दिनपछि फेला

नातिद्वारा हजुरआमाको हत्या, गाडिएको शव पाँच दिनपछि फेला
सुन्नुहोस्

झापामा १७ वर्षे नातिले ८२ वर्षीया हजुरआमाको हत्या गरेका छन् । हजुरआमाको गहना र वृद्धभत्ताको लोभमा गौरादह नगरपालिका ७, योगिटारकी नरमाया विश्वकर्माको शिवरात्रीका दिन हत्या गरिएको तथ्य खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार नाति धिरज विश्वकर्मा र उसका साथीहरू टंक दर्नाल, राजु मल्लिक र बहादुर दर्जीलाई प्रहरीले हिजो पक्रेको हो । उनीहरु सबै १८ वर्ष मुनिका भएको बताइएको छ ।

उनीहरुले वृद्धाको हत्यापछि घर पछाडि खाल्डो खनेर पुरेको शव हिजो फेला परेको हो ।

टिप्पणीहरू