होटलको छतमा जुवाको खाल

होटलको छतमा जुवाको खाल

काठमाडौंमा पाँच जना जुवाडे खालबाट पक्राउ परेका छन् । 

टोखा नगरपालिका–९, लक्ष्मीनगरस्थित होटल रियात गेष्ट हाउसको छतमा जुवा खेलिरहेको अवस्थामा होटल सञ्चालक संखुवासभाका ५० वर्षीय तुलाराम निरौलासहित पाँच जनालाई प्रहरीले समातेको हो ।

प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरी टोलीले हिजो राति उनीहरुलाई नियन्त्रणमा लिएको बताएको छ । प्रहरीले जुवाको खालबाट २७ हजार ८५० रुपैयाँ नगद र दुई तासबुक बरामद गरेको पनि जनाएको छ ।

टिप्पणीहरू