रौतहटमा गोली चल्यो, घाइतेको वीरगञ्जमा उपचार

रौतहटमा गोली चल्यो, घाइतेको वीरगञ्जमा उपचार

रौतहटको परोहा नगरपालिका ९ मा स्थानीय २४ वर्षीय नितेश साहमाथि गोली प्रहार भएको छ । गम्भीर घाइते साहको वीरगञ्जमा उपचार भइरहेको बताइएको छ । 

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार साहमाथि गोली प्रहार गरेका तीन जना पक्राउ परेका छन् । मोटरसाइकलमा भाग्दै गरेको अवस्थामा सशस्त्र प्रहरी बल नेपालको बीओपी रामपुरखापबाट खटिएको टोलीले उनीहरुलाई पक्रेको हो ।

भारत बिहारका उनीहरुको साथबाट एक नाल कटुवा पेस्तोल पनि बरामद भएको छ । घाइते साहले परोहामा आईएमई एजेन्ट सञ्चालन गर्दै आएको बताइन्छ । 

गोली प्रहारको घटनामा मुनिसकुमार यादव, राजन पासवानसहित तीन जना संलग्न रहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू