पूर्वउपराष्ट्रपतिका सल्लाहकारविरुद्ध मुद्दा दायर

पूर्वउपराष्ट्रपतिका सल्लाहकारविरुद्ध मुद्दा दायर

१४ किलो सुन तस्करी प्रकरणमा जोडिएका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका वैदेशिक मामिला सल्लाहकार जीवन गुरुङविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले आज मुद्दा दर्ता गरिएको छ । गुरुङविरुद्ध १ अर्ब ४० करोड रुपैयाँ बराबरको बिगो र ५ वर्ष कैद सजायको माग दाबी गरिएको छ ।

गत मंसिर २२ गते त्रिभुवन विमानस्थलबाट १४ किलो सुनसहित गोरखा बारपाकका चन्द्र घले पक्राउ परेका थिए । त्यसमा अनुसन्धान हुँदै जाँदा तत्कालीन उपराष्ट्रपति पुनका सल्लाहकार गुरुङको संलग्नता खुलेको थियो ।

टिप्पणीहरू