सत्तारुढ माओवादी केन्द्रमा नेपाल समाजवादी समाहित

सत्तारुढ माओवादी केन्द्रमा नेपाल समाजवादी समाहित
सुन्नुहोस्

नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबीच एकता भएको छ । 

दुई पार्टीबीच एकता भएको आज जारी विज्ञप्तिमा जनाइएको छ । माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ र समाजवादीका महासचिव रमेशप्रसाद यादवले जारी गरेको संयुक्त प्रेस नोटमा चार बुँदा उल्लेख छ । 

नोटमा भनिएको छ, ‘पार्टीको नयाँ नामका सन्दर्भमा आगामी महाधिवेशनमा टुंगो लगाउने निर्णय गरिएको छ ।’ त्यस्तै वैचारिक एकरुपता र संगठनात्मक तयारीका लागि चार सदस्यीय कार्यदल बनाइएको छ ।

टिप्पणीहरू