सुन तस्करी प्रकरणका जीवन धरौटीमा रिहा

सुन तस्करी प्रकरणका जीवन धरौटीमा रिहा
सुन्नुहोस्

१४ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका जीवनकुमार गुरुङ धरौटीमा छुटेका छन् । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद उपाध्यायको इजलासले गुरुङलाई १५ लाख धरौटीमा छाड्न आदेश दिएको हो । 

दुबईबाट १४ किलो सुन तस्करी गरेर ल्याएको घटनामा गुरुङ योजनाकार रहेको पाइएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले गत फागुन १३ गते सामाखुशीबाट पक्राउ गरेको थियो । 

उक्त प्रकरणमा चन्द्र घले र मीनबहादुर घलेसहितका प्रतिवादीलाई १ अर्ब ४० करोड ५५ लाख रुपैयाँ बिगो दाबीसहित मुद्दा दायर भएको छ ।

पर्वतको फूलबारी–२ घर भएका गुरुङ डिल्लीबजार कालिकास्थानस्थित प्लाटिनम कलेजका सञ्चालक हुन् ।

टिप्पणीहरू