निलम्बित गृहसचिव टेकनारायणको रिट सर्वोच्चमा छुट्टै नहेरिने

निलम्बित गृहसचिव टेकनारायणको रिट सर्वोच्चमा छुट्टै नहेरिने

सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका निलम्बित सचिव टेकनारायण पाण्डेको बन्दीप्रत्यक्षीकरणको रिटलाई अन्य मुद्दासँगै राखेर पेश गर्न आदेश दिएको छ । न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले उक्त आदेश दिएको हो ।

गत मंसिर १५ गते उच्च अदालत पाटनले पूर्व गृहससचिव टेकनारायण पाण्डे, डा. इन्द्रजित राई, टोपबहादुर रायमाझी, केशवप्रसाद दुलाल, सानु भण्डारी, सागर राई, गोविन्दकुमार चौधरी, सन्देश शर्मा, आङटावा शेर्पाको हकमा जिल्ला अदालत काठमाडौंको असार १ गतेको आदेश सदर गर्दै थुनामा राख्न आदेश गरेको थियो । 

उच्च अदालतको उक्त आदेश बेरित रहेको दावी गर्दै आदेश बदर गरी थुनामुक्त गराउन पाण्डेले दायर गरेको रिटमाथि आज सुनुवाई भएको हो । सो क्रममा उक्त प्रकरणसँग जोडिएका अन्य मुद्दा पनि अदालतमा विचाराधीन रहेकाले सँगै पेश गर्न आदेश भएको बताइएको छ ।

टिप्पणीहरू