पाँच दलीय गठबन्धनको साझा संकल्प आठ पेजमा
सरकारमा सहभागी पाँच राजनीतिक दलले ‘न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्प’ सार्वजनिक गरेका छन् ।
प्रधानमन्त्री कार्यालयमा पाँचै दलका शीर्ष नेताहरुको उपस्थितिमा ‘निराशा चिर्दै, भरोसा जगाउँदै’ लैजाने प्रतिबद्धतासहित साझा संकल्प सार्वजनिक गरिएको छ । आठ पृष्ठ लामो साझा न्यूनतम कार्यक्रम तथा साझा संकल्पमा भ्रष्टाचार निवारण, आर्थिक विकास, संक्रमणकालीन न्याय र दिगो शान्तिजस्ता विषय समेटिएका छन् ।
प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले साझा संकल्पमा हस्ताक्षर गर्नुभएको छ ।
टिप्पणीहरू