बारामा पाटेबाघ मृत अवस्थामा, धादिङमा चितुवा

बारामा पाटेबाघ मृत अवस्थामा, धादिङमा चितुवा

बारामा एउटा पाटेबाघ मृत अवस्थामा फेला परेको छ । कोल्हवी नगरपालिका २, अमाव महादेवस्थानमा फेला परेको मृत बाघ पोथी रहेको बताइएको छ ।

अन्दाजी दुई वर्षको उमेरको उक्त बाघको टाउकोमा चोट देखिएकाले स्थानीयले गोली हानेको हुनसक्ने अनुमान गरिएको छ ।

मृत बाघबारे आवश्यक परीक्षणपछि मात्रै भन्न सकिने पर्सा राष्ट्रिय निकुञ्जका सूचना अधिकारीले बताए । दुई साताअघि पनि बाराको निजगढमा एउटा पाटेबाघ मृत भेटिएको थियो । 

यता धादिङमा चितुवा मारिएको छ । निलकण्ठ नगरपालिका ७, तल्लोबेसीमा चितुवाको आक्रमणमा चार जना घाइते भएका थिए । घाइतेहरु विमला कोइराला, शारदा श्रेष्ठ, दिपक श्रेष्ठ र नन्दलाल अधिकारीको अस्पतालमा उपचार भइरहेको छ । 

स्थानीयले मानिसमाथि आक्रमण गरेकाले चितुवा मारेको बताएका छन् ।

टिप्पणीहरू