मोहनविक्रममाथि एमाले अध्यक्षको कटाक्ष : श्रीमतीलाई सांसद बनाउन नसकेपछि रोएर उधुम

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहको पतन भइसकेको टिप्पणी गर्नुभएको छ । उहाँले एमाले काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता सिंहमाथि  कटाक्ष गर्नु भएको छ । 

श्रीमतीलाई राष्ट्रिय सभाको सांसद बनाउन नसकेपछि नेता सिंह अहिले छाती पिटेर रोइरहेको ओलीको भनाई छ । 

‘एक जना आफूलाई कम्युनिष्ट भन्ने पूराना नेता छन्, तपाईंहरुले पनि चिन्नुहुन्छ होला मोहन विक्रम सिंह नाम हो’, उहाँले भन्नुभयो, ‘अहिले काँग्रेस सरकारबाट बाहिरियो भनेर छाती पिटिपिटी रोएर उधुम छ । काँग्रेस आएको भए श्रीमतीलाई राष्ट्रिय सभामा मनोनित गरेर पठाउथ्यो होला सम्झिन्छन् । फेरि ग्वाँग्वाँ रुन्छन्, छाती पिट्छन् । त्यसरी पतन हुँदो रहेछ मान्छे ।’ 

अध्यक्ष ओलीले नेता सिंहको उदाहरण दिँदै पार्टी काममा सफलता हासिल नगरे निराश हुुनुपर्नेतर्फ पार्टी नेता तथा कार्यकर्तालाई सचेत गराउँदै उक्त उदाहरण दिनुभएको बताइन्छ ।

टिप्पणीहरू