गृहमन्त्रीविरुद्ध लागेको आरोपमाथि छानबिन जारी : उपप्रधानमन्त्री महासेठ

गृहमन्त्रीविरुद्ध लागेको आरोपमाथि छानबिन जारी : उपप्रधानमन्त्री महासेठ

उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले अर्का उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध लागेको आरोपमाथि छानबिन भइरहेको बताउनुभएको छ । राजधानीबाट जनकपुर जाने क्रममा जनकपुर विमानस्थलमा बोल्दै उहाँले गृहमन्त्री लामिछानेविरुद्ध सहकारीको रकम अपचलन गरेको आरोप लागे पनि छानबिन गर्न दिनुपर्ने धारणा राख्नुभएको हो ।

उहाँले छानबिनको क्रममा दोषी देखिए लामिछाने आफैं सरकारबाट बाहिरिने बताउनुभयो । छानबिन जारी रहेको उल्लेख गर्दै भन्नुभयो, ‘दोषी देखिएको अवस्थामा सरकारबाट बाहिर जानै पर्छ, कुनै चान्स छैन ।’

नेपाली काँग्रेसले संसदमा निरन्तर गृहमन्त्रीको राजीनामाको माग राखेर बैठक अवरुद्ध गर्दै आएको छ ।

टिप्पणीहरू