वाईवाको घरमा अढाई सय किलो गाँजा

वाईवाको घरमा अढाई सय किलो गाँजा

बारामा साढे दुई सय किलो गाँजासहित एक युवक पक्राउ परेका छन् । निजगढ नगरपालिका–१३, भक्तलाल टोलका २१ वर्षीय लालबहादुर वाईवालाई प्रहरीले घरबाटै समातेको हो । 

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय निजगढ र अस्थायी प्रहरी पोष्ट रतनपुरबाट खटिएको प्रहरी टोलीले आज बिहान उनको घर खोजतलास गर्ने क्रममा दुई सय ५० किलो गाँजा बरामद गरेको थियो । त्यस्तै, ना.३९ प २४५३ नम्बरको मोटरसाइकलसमेत नियन्त्रणमा लिएको प्रहरीले बताएको छ । 

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

टिप्पणीहरू