हाजिरी जमानीमा छुटे महरा

हाजिरी जमानीमा छुटे महरा
सुन्नुहोस्

सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा छुटेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई हाजिरी जमानीमा रिहा गरेको हो । 

स्वास्थ्य अवस्थाका कारण उनलाई हाजिरी जमानीमा छोडिएको सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक होविन्द्र बोगटीले बताए । उनका अनुसार महरालाई छोरा निर्मलको जिम्मा लगाइएको छ । 

‘स्वास्थ्य अवस्थाको कारण हामीले उहाँलाई हाजिरी जमानीमा छोडेका छौं । छोरा निर्मल महराले उहाँको जिम्मा लिनुभएको छ’, उनले भने । सीआईबी र जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंमा बयान सकिएपछि उनलाई छोडिएको हो । 

इलेक्ट्रिक चुरोट ‘भेप’ मा लुकाएर ल्याइएको ९ किलो सुन तस्करीमा संलग्न चिनियाँ नागरिकसँग फोन सम्पर्क भएको देखिएपछि अनुसन्धानका लागि प्रहरीले गत चैत ५ गते उनलाई पक्राउ गरेको थियो । तर, कम्जोर स्वास्थ्य अवस्थाका कारण उनलाई अदालतकै आदेशअनुसार नर्भिक अस्पताल भर्ना गरिएको थियो । आज रिहाई पछि पनि उनलाई नर्भिकमै लगिएको छ ।

टिप्पणीहरू