एमाले समाजवादी मोर्चामा सामेल नहुने

एमाले समाजवादी मोर्चामा सामेल नहुने
सुन्नुहोस्

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी समाजवादी मोर्चामा सहभागी नहुने बताउनुभएको छ । आज दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटपछि ओलीको पछिल्लो भनाई आएको हो । 

मोर्चाका संयोजक नेत्रविक्रम चन्द विप्लव र ओलीबीच हिजो बालकोटमा भएको भेटवार्तापछि एमाले पनि समाजवादी मोर्चामा सामेल हुन लागेको चर्चा गरिएको थियो । त्यस भेटमा विप्लवले एमालेलाई मोर्चामा आउन आग्रह गरेको र ओलीले सकारात्मक जवाफ दिएको बताइएको थियो । 

त्यसैका आधारमा आज बसेको मोर्चाको बैठकले एमालेलाई सामेल गराउन प्रयत्न गर्ने र त्यसको जिम्मा प्रधानमन्त्रीलाई दिने निर्णय गरेको थियो । 

तर, प्रधानमन्त्री प्रचण्डसँग भेटेलगत्तै ओलीले आफ्नो पार्टी मोर्चामा सहभागी नहुने प्रतिक्रिया दिनुभएको हो । प्रधानमन्त्री कार्यालयबाट बाहिरिँदै गर्दा नेकपा एमाले पनि समाजवादी मोर्चामा सहभागी हुने हो ? भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा उहाँले ‘होइन’ भन्नुभयो ।

टिप्पणीहरू