काँग्रेसद्वारा मधेश सरकारलाई दिएको समर्थन फिर्ता

काँग्रेसद्वारा मधेश सरकारलाई दिएको समर्थन फिर्ता

नेपाली काँग्रेसले मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

काँग्रेस प्रदेश संसदीय दलका नेता कृष्णप्रसाद यादवले प्रदेश प्रमुखलाई त्यसबारे जानकारी गराएको बताइएको छ । यादवले पत्र मार्फत् काँग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताएका छन् ।

‘मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त गर्नका लागि नेपालको संविधानको धारा १६८ अनुसार नेपाली काँग्रेस संसदीय दलको समर्थन रहेकोमा अब सो समर्थन फिर्ता लिइएको व्यहोरा जानकारीको लागि अनुरोध छ,’ पत्रमा लेखिएको छ ।

मुख्यमन्त्री सरोजकुमार यादवले काँग्रेसका तीन मन्त्रीलाई गत साता बर्खास्त गर्दै एमालेलाई सरकारमा सहभागी गराउनुभएको थियो ।

टिप्पणीहरू