राजधानीमा ‘ग्याङ फाइट’, दुई जनाको मृत्यु

राजधानीमा ‘ग्याङ फाइट’, दुई जनाको मृत्यु

ललितपुरमा दुई समूहबीच गएराति भएको झडपमा दुई जनाको ज्यान गएकोे छ । ढोलाहिटीमा भएको समूह झडपमा दुई जनाको राति नै निधन भएको बताइएको छ । 

उक्त घटनामा सुनसरीका २८ वर्षीय रोवस राई र पाँचथरका ३० वर्षीय पुजन राईको ज्यान गएको छ । शवमध्ये एउटा पाटन र अर्को सुमेरु अस्पतालमा राखिएको छ । घटनामा संलग्न भएको आशंकामा प्रहरीले १८ जनालाई नियन्त्रणमा लिएको बताइएको छ ।

जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार अरु घाइतेलाई पाटन अस्पतालमा ल्याएपछि उक्त घटनाको जानकारी भएको थियो ।

टिप्पणीहरू