दुर्गा प्रसाईंको मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्चको आदेश

दुर्गा प्रसाईंको मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको पक्षमा आदेश जारी गरेको छ । झापाको बिर्तामोडमा रहेको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिनुपर्ने उनको मागमा अदालतले आदेश जारी गरेको छ ।

न्यायाधीशद्वय डा. कुमार चुँडाल र सारङ्गा सुवेदीको इजलासले प्रसाईंको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको हो ।

प्रसाईंको निवेदनबमोजिम रिट जारी भएको भनिएको सर्वोच्च प्रशासनले जनाएको छ । बीएण्डसी मेडिकल कलेजको सम्बन्धनको विषय लामो समयदेखि विवादित थियो । उनले काठमाडौं विश्वविद्यालय, चिकित्सा शिक्षा आयोग लगायत सरकारी निकायलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।

टिप्पणीहरू