बालुवाटारमा उपनिर्वाचनदेखि प्रदेश सरकार परिवर्तनसम्मका कुरा

बालुवाटारमा उपनिर्वाचनदेखि प्रदेश सरकार परिवर्तनसम्मका कुरा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भएको भेटवार्तामा आगामी उपनिर्वाचनदेखि प्रदेश सरकार परिवर्तनलगायत विषयमा छलफल भएको छ ।  

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको अनौपचारिक भेटघाटमा आगामी वैशाख १५ गते हुने उपनिर्वाचन, त्यसअघि प्रदेश सरकारहरुको हेरफेरबारे छलफल भएको बताइएको छ । इलाम–२ मा प्रतिनिधि सभा सदस्य र बझाङ १ मा सुदूरपश्चिम प्रदेश सभा सदस्यका लागि उपनिर्वाचन हुँदैछ । 

एमालेले ती क्षेत्रमा उम्मेदवारको टुंगो लगाइसकेको छ । उसले सत्ता गठबन्धनको मर्म विपरीत एक पक्षीय रुपमा उम्मेदवार तोकेकोमा विशेषगरी एकीकृत समाजवादी असन्तुष्ट देखिएको हो ।

नयाँ सत्ता समीकरणअनुसार प्रदेश सरकार हेरफेर गर्ने तयारीका बारेमा पनि तीन जना नेताबीच छलफल भएको बताइन्छ । एकीकृत समाजवादीले यसअघि नै राष्ट्रिय सभाको उपाध्यक्षमा दाबी गरेको थियो ।

टिप्पणीहरू