जर्नेलको फुलीमै ज्यादती
गत वर्ष पुरानो गोरख गणका कर्णेल राजेश्वर अनिल र १ र २ नम्बरमा पदोन्नति हुन सफल भए । बोर्ड त देखाउनका लागि मात्र हो, सबै काम सैनिक सचिव गौरव केसी र प्रभुराम चिफको इच्छाअनुसार भएको जो–कसैलाई थाहा छ, प्रत्येक महिना ३/४ जनाको दरले विशेष र मानार्थ बढुवा हुने गरेकोले नेपाल आर्मीमा गज्जब छ ।
यम सापकोटा सम्धी राजीनामा दिएर घर बसेपछि कार्की ब्याङ्क्वेटलाई छोराको बिहेको भोजको पैसा नबुझाएको ताकेतामा छन् । निकुञ्जमा घर बनाउन दिएको रकम माओवादी ठेकेदारको मिलेमतोमा घर नै नबनाई अग्निप्रसाद सापकोटाका कारण भ्रष्टाचारबाट बच्न सफल कृष्णप्रसादको भ्रष्टाचारसम्बन्धी प्रतिवेदन सैनिक मुख्यालयमा सुरक्षित छ, उनै मेजर जर्नेल हुने ।
राजेन्द्र र पूर्णचन्द्रको भाञ्जा शिशिर केसी, जसले कल्याणकारीको रकमले कीर्तिपुरमा १५० रोपनी जग्गा खरिद गर्दा २३ रोपनी आफ्नो बनाउन भ्याए । सेनाको हरेक तालिममा सधैँ लाष्ट, स्टाफ कलेज त ५ पटकमा बल्ल–बल्ल पास, उनैले हाल ९ करोडको घर खरिद गरेका छन् । सम्पत्तिको स्रोत देखाउन नपर्ने तर मेजर जर्नेल उनै हुने । १४ बाहिनीका खरेल हेरेको हेर्यै ।
संकटकालमा विद्रोहीलाई राम्रै सहयोग गरेका कुमारबाबु थापा मेजर जर्नेल र तक्माले पुरस्कृत हुने । हुँदा हुँदा ३ पटकसम्म असाधारण साहस देखाई आत्महत्या प्रयासबाट बच्न सफल विष्ट कर्साबलाई समेत जर्साब हुने अवसर ! पद मात्र बढेर हुँदैन, क्षमता र हैसियत पनि हुनुपर्छ । समाजले पनि स्वीकार गर्नुपर्छ ।
दुई जनाको अगाडि दुई शब्द बोल्नुपर्यो भने थरथर काम्ने, युनिट कमाण्डर हुँदा कहिल्यै फौजको अगाडि उभिएर दुई शब्द बोल्न नसक्ने यो कस्तो व्यवस्था ल्याउनुभयो चिफसाब ? माथिका दुईतारे जर्साबहरूबारे युनिट र कमाण्डरहरूसँग स्वतन्त्र भएर रिपोर्ट माग्नुस्, पश्चाताप हुनेछ । मन्त्री पदजस्तो दुईतारे जर्नेलको पदलाई पत्रु बनाउन भएन ।
(साभार:जनआस्था साप्ताहिकबाट)
टिप्पणीहरू