सेनालाई रक्षामन्त्रीको चेतावनी : एक्सनमा जान बाध्य नपारियोेस्

सेनालाई रक्षामन्त्रीको चेतावनी : एक्सनमा जान बाध्य नपारियोेस्

रक्षमन्त्री हरिप्रसाद उप्रेतीले नेपाली सेनाले जिम्मा लिएको विकास निर्माणका काम चित्तबुझ्दो नभए ‘एक्सन’मा जाने चेतावनी दिएनुभएको छ । 

सेनाले निर्माण अघि बढाएका कतिपय आयोजनाहरुको काममा ढिलाई भइरहेको भन्ने सन्दर्भमा रक्षामन्त्रीको यस्तो भनाई सार्वजनिक भएको हो । आज संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उहाँले केही आयोजनाहरुको निरीक्षणका क्रममा आफूले ढिलासुस्ती नगर्न विभिन्न उपायहरु सुझाएको जानकारीसमेत गराउनुभएको छ । 

‘सुशासन र विकासको विषय अहिले जोडिएर आएको छ । यसमा के भन्छु भने, तत्कालीन अवस्थामा केही अनुगमनहरु मैले गरेँ । चित्तबुझ्दो भएन भने, मैले तरिका पनि सिकाएको छु र तरिकाअनुसार भएन भने एक्सनमा पनि जानेछु’, उहाँले भन्नुभयो । 

त्यसक्रममा रक्षामन्त्री उप्रेतीले गिटी, बालुवाजस्ता निर्माण सामाग्री बेचबिखनका लागि स्थानीय निकायले सेनालाई समस्यामा पारेका कारण पनि काममा ढिलाइ भइरहेको जानकारी आफूले पाएको बताउनुभयो ।

टिप्पणीहरू