एसइई परीक्षामा नक्कली परीक्षार्थी

एसइई परीक्षामा नक्कली परीक्षार्थी
सुन्नुहोस्

दैलेखमा आज नक्कली परीक्षार्थी फेला परेका छन् । नयाँ बजारस्थित त्रिभुवन माध्यमिक विद्यालय परीक्षा केन्द्रमा आज भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षाको क्रममा नक्कली परीक्षार्थी फेला परेका हुन् । 

भाइको सट्टा दाइले नक्कली परीक्षार्थी बनेर परीक्षा दिएको बताइन्छ । गैडाबाज माध्यमिक विद्यालय काडाँसिरौलाका परीक्षार्थी भाइको सट्टामा दाइले  नक्कली परीक्षार्थी बनेको पाइएपछि प्रहरीलाई बुझाइएको छ । 

प्रवेशपत्रमा हस्ताक्षर र छाप फरक पाइएपछि उनलाई नियन्त्रणमा लिइएको बुझिएको छ । प्रचलित कानुनमा अरूको नाममा परीक्षा दिएको पाइएमा परीक्षार्थीलाई दुई वर्षसम्म उक्त परीक्षा दिन नपाउने वा दुई वर्षसम्म कैद हुनसक्ने वा दुवै सजाय हुनसक्ने व्यवस्था छ ।

नक्कली परीक्षार्थी र सक्कली परीक्षार्थीको परिचय दिइएको छैन ।

टिप्पणीहरू