सिंहदरबारमा नेपाल र चीनका शैक्षिक तथा प्राविधिक विषयमा छलफल

सिंहदरबारमा नेपाल र चीनका शैक्षिक तथा प्राविधिक विषयमा छलफल

शिक्षामन्त्री सुमना श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत छन् सोङबीच दुई मुलुकबीच शैक्षिक र प्राविधिक विषयमा थप सहयोग आदान प्रदान गर्न सकिनेबारे छलफल भएको छ । उहाँहरुले त्यस सम्बन्धमा आ–आफ्ना धारणा राख्नुभएको बताइएको छ ।

चिनियाँ राजदूत सोङ हिजो मन्त्री श्रेष्ठसँग शिष्टाचार भेटका लागि सिंहदरबारस्थित शिक्षा मन्त्रालय पुग्नुभएको थियो । सो क्रममा उहाँहरुबीच शैक्षिक र प्राविधिक क्षेत्रको बारेमा लामो छलफल भएको मन्त्रालय स्रोतले बताएको छ । 

भेटपछि राजदूतले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘मैले पहिले आशा गरे जस्तै, माननीय मन्त्रीसँगको शिष्टाचार भेटपछि खुशी छु । मन्त्री सुमना श्रेष्ठ, नेपालका उत्कृष्ट महिला प्रतिनिधि हुनुहुन्छ । हामीले चीन र नेपालबीच शिक्षा र प्रविधिको क्षेत्रमा गर्न सकिने सहयोगका बारेमा विचार आदानप्रदान गरेका छौं ।’

टिप्पणीहरू