घुस्याहा लेखापाललाई विशेष अदालतमा उभ्याईंदै
![घुस्याहा लेखापाललाई विशेष अदालतमा उभ्याईंदै](https://janaaastha.prixacdn.net/media/albums/akhtiyar-durupayog-anusandhan-aayog_5m8fnjoMvM.jpeg)
घुससहित पक्राउ परेका वैदेशिक रोजगार विभागका लेखापालविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ । लेखापाल प्रमोद निरौलाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
आयोगको टंगालबाट खटिएको टोलीले गत फागुन २९ गते उनलाई १५ हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको थियो ।
अनुसन्धानको क्रममा धरौटी रकम फिर्ता गरिदिने नाममा सेवाग्राहीसँग उक्त रकम बुझेको खुल्न आएपछि उनीविरुद्ध मुद्दा दायर गरिएको हो । अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ बमोजिम मुद्दा दायर गरिएको बताएको छ ।
टिप्पणीहरू