खारा नजिकैको जङगलमा भेटियो बम

खारा नजिकैको जङगलमा भेटियो बम

रुकुम पश्चिमको एक जङगलमा बेवारिसे बम फेला परेको छ । त्रिवेणी गाउँपालिका वडा नम्बर ६ को जङगलमा बम फेला परेको हो । 

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरिक्षक (डिएसपी) नवराज पोखरेलले डाँगीमोडदेखि भित्रको जङगलमा ढुङगाले छोपेर राखेको अवस्थामा शंकास्पद वस्तु (सकेट बम) फेला परेको जानकारी दिए । उक्त स्थान सशस्त्र द्वन्द्वको बेला चर्चामा रहेको खारा नजिकैको हो । 

डिएसपी पोखरेलका अनुसार उक्त बम डिस्पोज गर्ने तयारी भएको छ । उक्त शंकास्पद वस्तु डिस्पोज गर्नको लागि चण्डीदल गण सल्ले र खारा ब्यारेकबाट नेपाली सेनाको टोली उक्त स्थानमा पुगिसकेको छ । 

जङगलमा ढुङगाले छोपेर राखेको अवस्थामा बम रहेको सूचना प्राप्त हुनासाथ प्रहरीले नेपाली सेनासँग आवश्यक समन्वय गरेर डिस्पोजको तयारी गरेको हो । 

उक्त बम विगतको सशस्त्र द्वन्द्वको समयमा छोडिएको हुनसक्ने अनुमान गरिएको छ ।

टिप्पणीहरू