बिमस्टेक बडापत्र संसदबाट अनुमोदन

बिमस्टेक बडापत्र संसदबाट अनुमोदन

बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीका देशको प्रयास (बिमष्टेक) बडापत्रलाई प्रतिनिधिसभाले अनुमोदन गरेको छ ।

आज बसेको प्रतिनिधिसभा बैठकमा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले 'बडापत्र अनुमोदन गरियोस्' भनि राख्नुभएको प्रस्ताव बहुमतले पारित गरेको हो । यसअघि बडापत्रको प्रावधानमाथिको छलफलमा भाग लिँदै सांसदहरुले राष्ट्रिय हितलाई अनुकूल हुनेगरी बिमस्टेकलाई अघि बढाउन सरकार क्रियाशील हुनुपर्नेमा जोड दिएका थिए ।

उपप्रधानमन्त्री श्रेष्ठले बिमस्टेकलाई सार्कको प्रतिस्थापनको संस्थाको रुपमा नेपालमा नलिएको स्पष्ट पार्दै त्यसलाई राष्ट्रिय हितमा प्रयोग गर्न प्रभावकारी भूमिका निर्वाह गर्ने बताउनुभएको छ ।

टिप्पणीहरू