सरकारको वार्षिक प्रतिवेदन राष्ट्रपतिको हातमा

सरकारको वार्षिक प्रतिवेदन राष्ट्रपतिको हातमा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेललाई सरकारको वार्षिक प्रतिवेदन बुझाउनु भएको छ । 

आज दिउँसो राष्ट्रपति निवास शितल निवास पुगेर आर्थिक वर्ष २०७९/०८० को सुशासन ऐन बमोजिमको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीले हस्तान्तरण गर्नुभएको हो । प्रतिवेदननमा संविधान बमोजिम राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा भए गरेका काम र उपलब्धिबारे उल्लेख गरिएको छ । 

प्रतिवेदन बुझ्दै राष्ट्रपति पौडेलले नीति तथा दायित्व अनुसारका काम कारवाहीहरू क्रमिक र प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकार अझ सक्रिय र क्रियाशील रहने विश्वास व्यक्त गर्नुभएको थियो । 

'उपलब्ध स्रोत साधनको परिचालन गरी राज्यका निर्देशक सिद्धान्तद्वारा निर्देशित भई नीतिहरूको तर्जुमा र त्यसको प्रभावकारी कार्यान्वयनबाट मुलुकमा आर्थिक समृद्धि हासिल हुने र यसबाट नागरिक अधिकारको उपभोग गर्नसमेत सहज हुने हुँदा यसतर्फ सदैव सरकारको ध्यान जानेनै छ भन्ने विश्वास लिएको छु', उहाँले भन्नुभयो ।

टिप्पणीहरू