भारतीय गाडीमा आइफोनसहित ७७ लाखको सामान

भारतीय गाडीमा आइफोनसहित ७७ लाखको सामान

मकवानपुर प्रहरीले एकै स्थानबाट ठूलो परिमाणको सामान बरामद गरेको छ । ती सामान भन्सार नतिरी नेपाल भित्राएको पाइएकाले बरामद गरी राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइएको छ । 

इलाका प्रहरी कार्यालय, मनहरीले नियमित चेकजाँचका क्रममा आइफोन १५ थानसहित लत्ता कपडाहरु बरामद गरेको जनाइएको छ । भन्सार छलेर नेपाल भित्र्याइएका र काठमाडौं लैजाने क्रममा रहेका सामानहरु बरामद गरिएको इलाका प्रहरी कार्यालय मनहरीका प्रमुख एवम् प्रहरी निरीक्षक दिपक थापाले बताए । 

उनका अनुसार आइफोन १५ सहित विभिन्न कम्पनीका ८२ थान मोबाइल, कुर्ता सुरुवाल सेट २०२ थान, सल ४५० थान, लेडिज कुर्ता २१८ थान, साडी ८८ थान, टिसर्ट ८२० थान, कक सुज २१ थान बरामद भएको छ । 

त्यसैगरी जंकसुट १९ थान, मोदीकोट २५९, लेगिज पाइन्ट ७० थान, वानपिस २४१ थान, टप्स १४७ थान बरामद गरिएको प्रहरीले जनाएको छ । काठमाडौंतर्फ लैजाने क्रममा बीएडी ४३७० नम्बरको भारतीय नम्बर प्लेटको डिआई भ्यानमा राखेर ती सामानहरु पैठारी हुने क्रममा रहेको थियो ।  
गाडीसहित सबै सामानहरुको मूल्य जोड्दा ७७ लाख रुपैयाँ हुने प्रहरीले अनुमान गरेको छ ।

टिप्पणीहरू