ज्ञानेन्द्र शाही प्रहरी नियन्त्रणमा
राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । राजधानीको भद्रकालीमा निकालिएको जुलुसमा सहभागीलाई निषेधित क्षेत्र तोड्न उक्साएको आरोपमा शाहीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
झडपमा प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको थियो । सो क्रममा राप्रपाका केही कार्यकर्ता घाइते भएको बताइएको छ ।
राप्रपाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई गत फागुन ९ गते ४० बुँदे मागपत्र बुझाएको र सोही माग पूरा गराउन आजदेखि आन्दोलन थालेको हो । निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले दुई सेल अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको थियो ।
टिप्पणीहरू