राजेन्द्र लिङ्गदेनद्वारा गृहमन्त्रीको निन्दा

राजेन्द्र लिङ्गदेनद्वारा गृहमन्त्रीको निन्दा

राजा र हिन्दुराष्ट्र फर्काउने अभियानअन्तर्गत सडकमा ओर्लिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेको छ ।

आज काठमाडौंको विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको भन्दै पार्टी अध्यक्ष राजेन्द्र लिङ्गदेनले गृहमन्त्रीलाई पद छाड्न चेतावनी दिएका हुन् । बानेश्वरमा आयोजित कोणसभामा बोल्दै उनले गृह प्रशासन र मन्त्री लामिछानेको चर्को निन्दा र भत्र्सना गरेका छन् ।

‘गृहमन्त्री रवि लामिछानेलाई चेतावनी दिएर भन्न चाहन्छु, हामीले यो दिनलाई सम्झनामा राख्ने छौं, आजबाट गृहमन्त्रीको राजीनामाको माग पनि राप्रपाले थपेर लैजान्छ । आजबाट ४० बुँदेमा एक बुँदा थपियो’, लिङ्गदेनले भने । 

आज बिहान भृकुटीमण्डपबाट सुरू भएको राप्रपाको प्रदर्शन भद्रकालीबाट सिंहदरबारतर्फ अगाडि बढेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । पार्टी प्रवक्ता ज्ञानबहादुर शाहीले निषेधित क्षेत्र तोड्न कार्यकर्तालाई उक्साएपछि त्यहाँ केहीबेर झडपको स्थिति बनेको थियो । त्यसक्रममा केही प्रदर्शनकारी पक्राउसमेत परेका छन् ।

 

टिप्पणीहरू