कम्बोडियन नागरिकको कम्मरपेटीमा सुन

कम्बोडियन नागरिकको कम्मरपेटीमा सुन
सुन्नुहोस्

थाइल्याण्डको राजधानी बैंककबाट आएका दुई जना कम्बोडियन नागरिकलाई अवैध सुनसहित पक्राउ गरिएको छ । थाइ लायन एअरको उडान नम्बर एसएल २२० मा हिजो बेलुकी काठमाडौं आइपुगेका उनीहरुले सुनको कम्मर पेटीमा सुन लुकाएर ल्याएको बताइन्छ । 

राहदानी नम्बर १५१३७१५ का कम्बोडियन नागरिक कोयम रोज र ०११९६५४ का चेम फन्नारिथलाई भन्सार एरियामा सशस्त्र प्रहरी बलको टोलीले सुनसहित नियन्त्रणमा लिएको हो । उनीहरुको साथबाट ३७३ ग्राम सुन फेला परेको छ ।

कम्मरपेटीमा कपडाले मोडेर लुकाइएको अवस्थामा फेला परेको सुन र ती दुवैलाई भन्सार कार्यालयमा बुझाइएको छ ।

टिप्पणीहरू