काठमाडौँको प्रदर्शन सफल भएको राप्रपाको निष्कर्ष
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौँ केन्द्रित जनप्रदर्शन सफल भएको निष्कर्ष निकालेको छ ।
आन्दोलनको समीक्षा गर्न आज बसेको सो पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा अध्यक्ष राजेन्द्र लिङ्गदेनले गृह प्रशासनको दमनका बाबजुत प्रदर्शन सफल भएको ब्रिफिङ गरेका हुन् ।
प्रवक्ता मोहन कुमार श्रेष्ठका अनुसार प्रदर्शनले पार्टी र एजेण्डाको पक्षमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै राप्रपा अब कसैले नजरअन्दाज गर्न नसक्ने शक्तिको रुपमा स्थापित भएको लिङ्गदेनले धारणा राखेका छन् ।
धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा बसेको बैठकमा सदस्यहरुले धारणा राख्नेक्रम जारी रहेको बताइएको छ ।
टिप्पणीहरू