विश्वद्वीपले छाडे डा. बाबुरामको साथ

विश्वद्वीपले छाडे डा. बाबुरामको साथ

नेपाल समाजवादी पार्टीका केन्द्रीय राजनीतिक समितिका सदस्य विश्वद्वीप पाण्डे माओवादी केन्द्रमा फर्किएका छन् ।

पाण्डेलाई माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा स्वागत गर्नुभएको छ ।

उनी डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल हुँदै नेपाल समाजवादी पार्टीमा आवद्ध थिए । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित कार्यक्रममा पाण्डे माओवादी केन्द्र प्रवेश गरेका हुन् ।

टिप्पणीहरू