एयरपोर्टमा आज पनि सुन फेला

एयरपोर्टमा आज पनि सुन फेला
सुन्नुहोस्

झण्डै एक किलो सुनसहित एक महिला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेकी छन् । 

सहिना प्रभिन नाम गरेकी भारतीय महिलालाई आज दिउँसो २ बजेतिर विमानस्थल प्रहरीले सुनसहित नियन्त्रणमा लिएको बताइएको छ । थाइ एअरवेजको उडानमा दिउँसो बैंकक हुँदै आएकी उनको साथबाट ८५० ग्राम सुन बरामद भएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार एयरपोर्टको आगमन टनेल गेटमा चेकजाँच गर्दा सलिनाले बोकेको प्लास्टिकमा कालो टेपले बेरिएको अवस्थामा सुन भेटिएको हो । महिलालई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । भारतीय महिलाले ल्याएको सुन गिलो भएकाले ७० प्रतिशत शुद्ध भएको अनुमान छ ।

 

अस्ति बुधबार पनि एयरर्पोटमा सुन बरामद भएको थियो । दिल्लीबाट आएको इन्डिगो एयरलाइन्सको सिट नम्बर २७ र २८ को बीचमा रहेको झोलाभित्र एक किलो ७० ग्राम सुन भेटिएको हो । उक्त सुन कसले ल्याएको हो भन्नेबारे अझै खुलेको छैन । 

प्रहरीको 'मुभमेन्ट' देखिएपछि सुन लिएर आएका व्यक्ति छाडेर भागेको हुनसक्ने प्रहरीको आशंका छ ।

टिप्पणीहरू