रेशम-रञ्‍जिता विवाद भट्टराई र शर्मा श्रीमानले हेर्ने

रेशम-रञ्‍जिता विवाद भट्टराई र शर्मा श्रीमानले हेर्ने
सुन्नुहोस्

नागरिक उन्मुक्ति पार्टीको महाधिवेशनको वैधानिकतासम्बन्धी विवादको मुद्दामा आज सुनुवाइ हुँदैछ । सर्वोच्च अदालतका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र विनोद शर्माको एक नम्बर इजलासमा मुद्दाको पेशी तोकिएको छ । 

नागरिक उन्मुक्ति पार्टीको प्रथम महाधिवेशनको वैधानिकतामाथि प्रश्न उठाउँदै निर्वाचन आयोगले विवरण अद्यावधिक गर्न अस्वीकार गरेपछि रेशमलाल चौधरीले सर्वोच्चमा रिट हालेका हुन् । गत पुस अन्तिम साता सम्पन्न महाधिवेशनबाट उनी अध्यक्षमा निर्वाचित भएका थिए । 

तर, निर्वाचन आयोगले नयाँ केन्द्रीय समितिलाई मान्यता नदिएपछि चौधरीले चैत २३ गते रिट हालेका हुन् । रिटमा निर्वाचन आयोगसहित पार्टीकी अध्यक्ष तथा पत्नी रञ्‍जिता श्रेष्ठसमेतलाई विपक्षी बनाइएको छ ।

टिप्पणीहरू