रञ्जिता र मुख्यमन्त्रीलाई दायाँबायाँ राखेर प्रधानमन्त्रीले भन्नुभयो-पूरै ५ बर्ष

रञ्जिता र मुख्यमन्त्रीलाई दायाँबायाँ राखेर प्रधानमन्त्रीले भन्नुभयो-पूरै ५ बर्ष

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सत्ता समीकरणमा कुनै समस्या नरहेकाले पूरै कार्यकालसम्म अगाडि बढ्ने बताउनुभएको छ ।

प्रेस सेन्टर कैलालीद्वारा धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले बाहिर चलाइएका हल्लाप्रति कुनै विश्वास नगर्न आग्रह गर्नुभएको छ ।

उहाँले भन्नुभयो,‘सुदूर पश्चिम प्रदेश सरकार गठन अन्तिम चरणमा पुगेको छ । अब प्रदेश सरकार पनि बलियो भएर अघि बढ्ने छ ।’ प्रधानमन्त्री प्रचण्ड महेन्द्रनगरमा सुदूरपश्चिम विश्वविध्यालयको दीक्षान्त समारोहमा सहभागी हुन जाने क्रममा धनगढी विमानस्थल पुग्नुभएको हो । उहाँ आजै राजधानी फर्कने कार्यक्रम छ ।

टिप्पणीहरू