महिला पनि मिलाएर खानमा के कम ?

महिला पनि मिलाएर खानमा के कम ?
सुन्नुहोस्

एमटी गणका हामी ड्राइभर सधैँ अन्यायमा परेका छौँ । चिफसाबको सैनिक सहायक विष्णु खड्काको कृपाले गणपति भएका प्रवीण खड्का कमाउ धन्दामा लिप्त छन् ।

दैनिकजस्तै गणको गाडी दुर्घटना भए पनि केही मतलब छैन । गाडी दुर्घटना भएमा ड्राइभरले नै तिर्नुपर्ने, जेल जानुपर्ने तर कर्सा’ब चाहिँ कमाउनतिर मात्र लाग्ने ? ड्राइभरहरूको कहिल्यै अपग्रेड तालिम हुँदैन । तालिम भए पनि त्यस अवधिभर १ घण्टा पनि गाडी चलाउन नपाई सकिन्छ किनभने पेट्रोल र मोबिल जोगाएर कर्सा’ब र महिला एकाउन्टेन्ट क्याप्टेनले बिल मिलाएर खान्छन् ।

गाडी मर्मतको लागि आएको रकमको चरम दुरूपयोग भएको छ । कर्सा’बले दिनको २०० लिटर पेट्रोल मलाई मिलाऊ, एमटीमा बस्दा नकमाए कहाँ कमाउने भन्छन् । टिएडिए र भैपरी बिदाको रकम सबै झ्वाम पार्छन् । बिहान १० बजेतिर आँखा मिच्दै अफिस आउँछन्  । महिला लेखापाल क्याप्टेनको त के कुरा गर्नु खै, सिपाहीबाट मिहिनेत गरेर माथि उठे पनि मोजमस्तीमा माहिर छिन् । ब

हिनीलाई कर्सा’बको पावर लाएर एमटीमै सरुवा गराएकी छन् । ६० लाखको गाडी चढ्छिन्, कसैलाई मान्छे गन्दिनन् । बच्चा हेर्न, घर सफा गर्न र गाडी पुछ्न ३ जना महिला सिपाहीलाई कामदार बनाएकी छन् । १ जना महिला सिपाही त सधैँ बडिगार्ड भएर हिँड्नुपर्ने, धन्न भाग्य लिएर आएकी रहेछन् ।

– जनताका छोरा ड्राइभरहरु

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू