बरामद सुन र नगदसहित समातिएकाहरू सार्वजनिक

बरामद सुन र नगदसहित समातिएकाहरू सार्वजनिक

प्रहरीले न्युरोडबाट बरामद एक केजी ७ सय ग्राम सुन र डेढ करोड रकमसहित पक्राउ परेकाहरूलाई सार्वजनिक गरेको छ । 

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले बरामद सुन र नगदसहित उनीहरुलाई आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । अवैध सुनको कारोबार भइरहेको विशेष सूचनाका आधारमा प्रहरी टोलीले हिजो साँझ न्युरोडस्थित एउटा हुण्डी गोदाममा छापा मारेर संलग्न सात जनालाई पनि नियन्त्रणमा लिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । 

पक्राउ पर्नेहरुमा चार नेपाली र तीन भारतीय नागरिक छन् । दार्चुलाको महाकाली नगरपालिका-३ का गणेश दत्त बडू र आयुष बडू, झापाको बिर्तामोड घर भएका दिनेश खरेल र भरतराज खरेल पक्राउ परेको प्रहरीले जनाएको छ । 

त्यस्तै, पक्राउ पर्ने भारतीयहरुमा महाराष्ट्र घर भएका अमोल बिभुते, ऋषिकेश प्रकाश बिभुते र गणेश सतिश बाल्टे हुन् ।a

टिप्पणीहरू