बदला लिन युवतीमाथि प्रहार, पेटबाट गोली झिकियो

बदला लिन युवतीमाथि प्रहार, पेटबाट गोली झिकियो
सुन्नुहोस्

झापाको दमकमा युवतीमाथि गोली प्रहार भएको छ । हिमालय माध्यमिक विद्यालयको कक्षा १२ अध्ययनरत एनिका अधिकारीमाथि गोली प्रहार भएको बताइएको छ । 

आज परिक्षा दिएर डेरा फर्किंदै गर्दा सिराहा घर भएका अमितकुमार यादवले गोली प्रहार गरेको प्रहरीले जनाएको छ । उदयपुर घर भएकी एनिका दमकमा डेरामा बस्दै आएकी हुन् ।

गोली एनिकाको पेटमा लागेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्ण चन्दले जानकारी दिए । उनले जनआस्थासँग भने, ‘गोली युवतीको पेटको छेउमा छोएर गएको छ । उनको अवस्था सामान्य छ, आत्तिनुपर्ने अवस्था छैन ।’ 

एनिकाले केही समयअघि एक जनाविरुद्ध उदयपुर जिल्ला अदालतमा बलात्कार र मानव बेचविखनको मुद्दा दायर गरेको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ । डिएसपी चन्दका अनुसार आज युवतीमाथि गोली प्रहार गरेका सोही मुद्दाका प्रतिवादी हुनसक्ने प्रहरीको अनुमान छ । 

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू